बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यसरी मनाईयो ११ औं गणतन्त्र दिवस

मंगलबार, जेष्ठ १५ २०७५

काठमाडौं जेठ, १५–
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र  घोषणा गरिएको ११ वर्षको उपलक्षमा आज विभिन्न कार्यक्रम आयोजना गरेर   आज गणतन्त्र दिवस मनाइएको छ ।

२०६२÷६३ को जनआन्दोलन सफल भए पश्चात संसदको०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ ।

 

सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी थिए ।

 

टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरिएको भए पनि यस वर्षबाट सार्वजनिक बिदा काटिएको छ । तथापि, प्रदेश ५ ले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गणतन्त्र दिवसको अवसरमा बिहानैदेखि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले मंगलबार बिहान राजधानीमा प्रभातफेरि गरेको छ ।