बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपा र फोरमबीचको सहमतिमा किन गरे मोहनविक्रमले आपत्ति ?

मंगलबार, जेष्ठ १५ २०७५

काठमाडौं जेठ, १५–
नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपा र फोरमबीच हालै भएको सहमतिले  राष्ट्रियताप्रति गम्भीर  आशंका पैदा उत्पन्न भएको जनाएको छ । 

मसालका महामन्त्री मोहनविक्रम सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै  दुई पार्टीबीच भएको सहमतिपछि गम्भीर आशंका उव्जाएको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् । 

 सिंहले भनेका छन्,  ‘यसले देशको राजनीतिमा गम्भीर प्रकारको आशंकालाई जन्म दिएको छ ।’

 त्यस्तै, सिंहले मधेशवादीहरुले संविधानमा संशोधनका लागि उठाएका माग राष्ट्रघाती भएको उनीहरुले भारतीय विस्तारवादको ग्राण्ड डिजाइनमा नै नेपालमा आन्दोलन चलाएका दावी गर्दै संविधानमा संशोधनमा जोड दिएको दावी गरेका छन् ।

‘आवश्यकता र औचित्यता अनुसार संविधानमा संशोधन गर्दै जानु पर्दछ । त्यो विषयमा कुनै मतभेद हुन सक्दैन । तर मधेशवादीहरुले जुन प्रकारका संशोधनहरु अगाडि सार्दै आएका छन्, ती भारतका नेपाल प्रतिका विस्तारवादी नीतिका लागि मार्ग प्रसस्त गर्ने प्रकारका नै थिए । त्यसकारण तिनीहरुको प्रकृति राष्ट्रघाती प्रकारको भएको कुरा प्रष्ट छ ।’ सिंहले आफ्नो विज्ञप्तिमा भनेका छन् ।

सरकारले मधेशवादीहरुका माग अनुसार संविधान संशोधन गरे त्यसबाट देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा समेत गम्भीर आँच पुग्ने ठहर गर्दै मसालले सरकारले मधेसीको माग अनुसार संविधान संशोधन गरे देशव्यापी  कडा आन्दोलन गर्न अपिल गरेको छ ।