डोटी जेठ, १४–
नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले ओली सरकारका एक सय दिन तारिफ गर्न योग्य नभएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन डोटीले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वमन्त्री समेत रहेका नेता बलायरले ओली सरकारले व्यवहारमा देखिन लायक काम भन्दा पनि भाषणवाजी धेरै गरेको आरोप लगाए । त्यस्तै, उनले सरकारका कामकारवाहीमा अप्रजातान्त्रिक शैली देखिन लागेको आशंका गर्दै सरकारको अहिले नै बिरोध गरिहाल्नुपर्ने अवस्था नभएको प्रष्ट पारे । उनले भने, ‘ सरकारको कायशैली हेर्दा सरकार अलोकतान्त्रिक बाटोमा अगाडि बढेको देखिन्छ, संबैधानिक मुल्यमान्यता बिपरित सरकार जान लाग्यो भने कांग्रेस प्रतिवादमा उत्रिने छ ।’
फरक प्रसंगमा बोल्दै नेता बलायरले एमाले र नेकपा माओवादीबीच भएको एकीकरणले कांग्रेस हषिर्त भएको उल्लेख गरे ।
उनले भने, ‘यो एकीकरणले नेपालको राजनीति धु्रवीकरण हुने संकेत दिएको छ, यसलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ ।’ उनले अब लामो समयदेखिको राजनीतिक अस्थिरता समेत समाप्त हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अब ओली नेतृत्वको सरकारलाई अरु कसैले पनि ढलाउन सक्दैन, यो सरकार शक्तिशाली सरकार बनेको छ’ बलाएरले भने ‘यदि यो सरकार ढल्छ भने आफ्नै कारणले मात्र ढल्छ ।’ देशमा राजनीतिक स्थिरता हुनु पर्ने कांग्रेसको पनि चाहाना भएको बलायरले बताए । उनले थपे ‘कांग्रेस अस्थिर राजनीतिको इतिहास फेरि नदोहोरियोस् भन्ने चाहान्छ ।’ उनले सरकार संबिधान र प्रजातान्त्रिक मूल्य मान्यता अनुसार चले नेपाली कांग्रेसले सहयोग गर्ने बताए ।
‘जनताले पत्याउने खालका कार्यक्रमहरु जो ले गर्छ उसैलाई जनताले समर्थन गर्छन’ सरकारले काम गर्नु पर्ने वताउँदै बलाएरले भने ‘अव बोलेर मात्रै हुँदैन, काम गरेर देखाउनु पर्छ ।’ जनताले अव भाषण होईन नगद खोजेको बलाएरले बताए ।
‘