बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एपेक्स डेभलपमेन्ट बैंक घोटालाका एक सय २७ अभियुुक्त अझै फरार

सोमबार, जेष्ठ १४ २०७५

काठमाडौं जेठ, १४–
हाल नेपाल क्रेडिट एण्ड कर्मस बैक (एनसीसी) संग गाभिएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक घोटाला प्रकरणका एक सय २७ जना अभियुक्तहरु अझै फरार रहेको सिआईबी स्रोतले बताएको छ । ति मध्ये एपेक्सका तत्कालीन प्रमुुख कार्यकारी अधिकृत गोविन्द प्रसाद उपाध्याय भने लुुकेर अमेरिका बसेको जानकारी समेत सीआईबी श्रोतले दिएको छ । यसरी विदेशी भुुमीमा लुुकेर बसेका अभियुुक्तहरुलाई पक्राउ गर्नको लागि डिफ्युुजन नोटिस जारी गर्ने अन्तिम तयारी भएको सीआईबी स्रोतले बताएको छ । 
फरार रहेका एक सय २७ जना अभियुुक्तहरुलाई भने प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालत र पुुनरावेदन अदालत पाटनमा मुुद्दा दायर गरिेएको छ । सीआबीले मुुद्दा दायर गरेको अभियुक्तहरुमाथि एक अर्ब २३ करोड ५४ लाख ४ सय ८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।  सीआईबीका अनुसार तत्कालीन एपेक्स बैंक घोटाला प्रकरणसँग सम्वन्धीत एक सय २८ फाइल मध्ये ३२ वटाको सुर्खेत, इटहरी र नेपालगञ्ज शाखाबाट कर्जा प्रवाह भएको थियो । सोही आधारमा पनि ति फाईलहरुको अनुसन्धान भने तिनै क्षेत्रका प्रहरी मार्फत भईरहेको छ । 
तत्कालीन एपेक्समा मर्जर प्रक्रियामा गए पश्चात एपेक्सका तत्कालीन अध्यक्ष बिष्णुु प्रसाद धितालले व्यवस्थापन प्रमुुखहरु समेतलाई हातमा लिएर झण्डै दुुई अर्ब रुपैयाँ घोटाला गरेका थिए । सोही अभियोगमा हालसम्म तीन दर्जन भन्दा बढी व्यक्तिहरु पक्राउ परिसकेका छन् । एपेक्स बैंकका घोटाला प्रकरणका प्रमुुख अभियुक्त मानिएका एपेक्सका तत्कालीन प्रमुुख कार्यकारी अधिकृत उपाध्याय हाल अमेरिकामा रहेका छन् । उपाध्यायले बैंकमा कार्यरत रहंदा बैंकको स्रोत र साधनको चरम दुुरुपयोग गर्दे साहित्य रचना गर्ने भन्दै गीत संगीतमा समेत धेरै रकम खर्च गरेका थिए । आफू बैैकर मात्र नभएर संगीतकर्मी पनि भएको भन्दै दर्जर्नोे महिला मोडलसँग समेत उपाध्याय निकै नै नजिक रहेका थिए ।  
राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले न्युुनतम आठ अर्ब रुपैयाँ चुक्ता पुंजी कायम गर्नुुपर्ने भएपनि एपेक्स कैं कारण एनसीसीले हालसम्म पनि आठ अर्ब रुपैैयाँ चुक्ता पुंजी पुर्याउन सकेको छैन । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।