बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

रमेश र एलिनाको “बस मनैमा” मा स्मारिका र राजको अभिनय

मंगलबार, चैत्र २१ २०७९

गायिका एलिना चौहान र गायक रमेश श्रेष्ठको आवाजमा “बस मनैमा” म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रबि मल्लको शब्द/संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका एलिना चौहान र सबैको लोक प्रिय गायक रमेश श्रेष्ठको स्वर रहेको छ। ACOUSTIC डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई दीक्षित पौडेलले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ र मास्टरिङ गरेका हुन्। राहुल बराईलीको निर्देशन,उपेन्द्र भण्डारीको कोरीयोग्राफी रहेको उक्त भिडियोमा स्मारिका ढकाल र राज शाक्यको अभिनय रहेको छ। नबिन तोलांगे (सुजन) ले छायांकन गरेको भिडियोलाई राज धामीले सम्पादन,कलर गरेका हुन् । रमेश श्रेष्ठको प्रस्तुती र मिना श्रेष्ठ निर्माता रहेको “बस मनैमा” RAMESH SHRESTHA MELODY अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।