बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपा–फोरम गठवन्धनको संकेत देखिदै

सोमबार, जेष्ठ १४ २०७५

१४ जेठ, काठमाडौं–संविधान संशोधनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ । 

केन्द्रिय सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ ।

प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारुलाई दिएको समर्थन फिर्ता लिएको छ । 

केन्द्र र प्रदेशमा दुई फरकखाले दृश्य देखिए पनि दुवै घटनाक्रम नेकपा र फोरमको गठबन्धनसहित केन्द्र एवंम प्रादेशिक सरकार बनाउने उदेश्यबाट निर्देशित छन् ।

फोरमका वरिष्ठ नेता अशोक राईले सत्तारुढ दल नेकपासँग आईतबार बिहान भएको छलफलपछि सरकारमा जाने सम्भावना बढेको बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।