जनकपुर जेठ, १३–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा विवादित भाषण दिएको भन्दै आलोचित मुख्यमन्त्री राउतलाई दिएको समर्थन फिर्ता लिएको नेकपाले जनाएको छ ।
आइतबार बसेको प्रदेश सभाको बैठकमा सबैभन्दा ठुलो दल नेपाल कम्युनिस्ट पार्टीले लालबाबु राउत नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो ।
नेकपाका सांसदद्वय सत्यनारायण मण्डल र रामचन्द्र मण्डलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसदलाई दिएका हुन् ।
तत्कालीन माओवादी केन्द्रकातर्फबाट सांसद रामचन्द्र मण्डलले पनि राउत नेतृत्वको सरकारको समर्थन फिर्ता लिइएको जानकारी दिँदै भने ‘मोदी आउँदा मुख्य प्रतिपक्षीलाई बेवास्ता गरियो । ‘सरकारले हामीलाई बेवास्ता गरेका कारण हामीले यस्तो कमद चालेका हौँ, आजैदेखि सरकारको समर्थन फिर्ता लिएका छौँ ।’