काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषय अन्तर्राष्ट्रिय स्तरमा मान्य हुनेगरी अगाडी बढाउनुपर्ने बताएका छन् ।
बिहीवार रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप अगाडी बढाउनुपर्ने बताएका हुन् । अध्यक्ष ओली अन्तर्राष्ट्रिय समुदायलाई मान्य हुनेगरी सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा अगाडी बढ्नुपर्ने बताए । त्यस्तै पीडितले न्याय पाउनुपर्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले पीडितलाई न्याय नदिने गरी फास्ट ट्रयाकको नाममा अगाडी बढाउन खोजिएको भन्दै त्यसो गरिएमा आफूहरुले बिरोध गर्ने समेत बताए ।
अध्यक्ष ओलीले सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाउँदै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए । माओवादीहरुले गरेको युद्ध जनयुद्ध नभएर हिंसा भएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा भारतले नेपालको सीमा मिचेको विषय उठ्ने नउठ्ने हो त्यो आफूले हेरिरहेको बताउँदै सीमा मिचिएकोे विषयमा बोल्न र सरकारको धारणा मागे ।
अध्यक्ष ओलीले वर्तमान सरकारले कुनैपनि राम्रो काम गर्न नसकेको टिप्पणी समेत गरेका थिए ।