काठमाडौं जेठ, ११–
सर्वोच्च अदालतले थुनामा रहेका बालकृष्ण ढुंगेललाई आम माफी दिने निर्णयबारे सरकारसँग स्पष्टीकरण मागेको छ । सरकारलाई न्यायाधीश दीपकुमार कार्कीको एकल इजलासले ढुंगेलमाथि आममाथि दिनुपर्ने कारणबारे २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
केही दिनअघि अधिवक्ता दिनेश त्रिपाठीले ज्यानमुद्धामा जेल सजाय भोगिरहेका ढुंगेललाई आम माफी दिने निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।