बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मन्त्रीहरुको नाम टुंगो लगाउन काँग्रेस कार्य सम्पादन समितिको बैठक सानेपामा शुरु

बिहिबार, चैत्र १६ २०७९

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ ।

बैठक आज बिहान काँग्रेस केन्द्रिय पार्टी कार्यालय सानेपामा शुरु भएको हो ।

जारी बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

बैठकमा पार्टी सभापति शेरबहदुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनबहादुर गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको छ ।

१० दलिय सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डामा कांग्रेसको भागमा ८ वटा मन्त्रालय परेको छ । जसमध्ये कांग्रेस संस्थापन इतरसमूहले तीन वटा मन्त्रालय पाउनु पर्ने दाबी गर्ने भएको छ ।

यस्तै आजको बैठकले बैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार छान्ने पनि बताइएको छ । बैशाख १० मा चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ।