काठमाडौं । नेपाल प्रहरीमा रिक्त चार अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको छ ।
सोमबार बसेको बढुवा सिफारिसको बैठकले मीरा चौधरी, सुदीप गिरी, सन्दीप भण्डारी र टेकप्रसाद तामाङलाई बढुवा सिफारिस गरेको हो ।
चारै जना वर्तमान आईजीपी वसन्त कुँवरका ब्याची हुन् ।
सरकारले चैत १० गते कुँवरलाई आईजीपीमा बढुवा गरेको थियो । नेपाल प्रहरीका ८ एआईजी दरबन्दीमध्ये तीनजनाले चैत १० गते मध्यरातबाट अवकाश पाएका थिए ।
