मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

प्रतितोला २ हजारले घट्यो सुनको मूल्य

बुधबार, चैत्र ८ २०७९

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले घटेर १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कोरोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।