काठमाडौं – नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से छ दशमलव ९० अंकले घटेर १९ सय २६ दशमलव ४० अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ५२ अंकले घटेर तीन सय ६३ दशमलव २६ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ५९ वटा कम्पनीहरुको ३० हजार सात सय ७५ पटकको कारोबारमा ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहहरुले कमाएपनि बाँकी आठ वटा समुहहरुले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैक समुहको सुचक छ दशमलव ७२ अंकले घटेर १२ सय ४७ दशमलव ४१ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक १५ दशमलव २९ अंकले घटेर तीन हजार पाँच सय २५ दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने आज छ दशमलव ८१ अंकले बढेर २५ सय ५६ दशमलव ८१ अंकमा पुग्दा निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी र ट्रेडिङ्ग समुहको सुचक पनि बढेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मानुषी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिर्जनशील लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।