बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

संसदमा मनिष झाको प्रश्न : सरकार कसको लागि काम गरिरहेको छ ?

आइतबार, चैत्र ५ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले कसको लागि काम गरिरहेको छ भन्दै संसदमा प्रश्न उठाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै सांसद झा ले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

‘किसानलाई मल उपलब्ध गराउन नसक्ने सरकार मल उपलब्ध गराउन सक्दैन । यो सरकार कसको लागि काम गरिरहेको छ ?,’ सांसद झाले प्रश्न गरे ।

उनले सरकारले मलको अनुदान कटौती गरेकोमा पनि आपत्ति जनाए । उनले सुकुम्बासीले जग्गाधनी पुर्जा अहिलेसम्म नपाएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।