काठमाडौं जेठ, ७–
सोमबार नेप्से घटेपनि कारोबार रकम सामान्य अंकले बढेको छ । नेप्से आज दुुई दशमलव छ अंकले घटेर १३ सय ३७ दशमलव १३ अंकमा झरेको छ । सेन्सिटिभ पनि शुन्य दशमलव १५ अंकले घटेर दुुई सय ८२ दशमलव ११ अंकमा झरेको छ । आज एक सय ६३ कम्पनीहरुको तीन हजार नौ सय ८८ वटा कारोबारमा आठ लाख सात हजार पाँच सय ३३ कित्ता सेयर खरिद बिक्री भएका छन् भने कारोबार रकम ३५ करोड ५४ लाख ५० हजार सात सय ९० रुपैयाँ पुुगेको छ ।
आज नौ वटा समुहको सेयर किनवेच हुुंदा पाँच वटा समुहको कारोबार सुचक घटेपनि चार वटाको भने बढेकोे छ । वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ४३ अंकले घटेर ११ सय ४२ दशमलव नौ अंकमा कायम रहेको छ भने सात करोड ७० लाख १९ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । आज बिकास बैक समुहको सुचक पनि छ दशमलव तीन अंकले घटेर १५ सय ३९ दसमलव ९५ अंकमा पुुगेको छ भने दुुई करोड दुुई लाख ८३ हजार सात सय रुपैयँको सेयर किनबेच भएको छ । बीमा, जलबिद्युुत, फाईनान्स र अन्य समुहको सुचक पनि आज गिरावट आएको छ ।
लघुबित्त समुहको सुचक भने ३५ दसमलव ८२ अंकले बढेर १७ सय ७७ दशमलव २६ अंकमा पुुगेको छ भने आठ करोड ५० लाख ६७ हजार दुुई सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी होटल, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज बढेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको बढेको मुल्य
१ नयाँ नेपाल लघुबित्त बैंैक २२४९ ९.७१
२ स्वरोजगार लघुबित्त बैंक १८७० ८.०९
३ नागवेली लघुबित्त बिकास बैंक २६०५ ६.७६
४ ग्लोवल आईएमई लघुबित्त बैंक १३३० ५.९८
५ सिन्धुु बिकास बैंक १४३ ५.९३
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ राष्ट्रिय बीमा कम्पनी १२५७१ ५.७९
२ तारागाउँ रेजिडेन्सी होटल २८१ ५.७०
३ प्रोग्रेसिभ फाईनान्स १६२ ४.७०
४ जेविल्स फाईनान्स १११ ३.४७
५ राष्ट्रिय बीमा कम्पनी (संस्थापक) ११९६२ ३.४४