काठमाडौं । उपराष्ट्रपति चयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहितका नेताले मतदान गरेका छन् ।
साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि मतदान गरेका छन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मतदान गरेका छन् । उनीहरुले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिइन्
सङ्घतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ सङ्घीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता छन् ।