मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जाली नोटको कारोबारमा संलग्न दुई व्यक्तिहरु पक्राउ

बिहिबार, चैत्र २ २०७९

काठमाडौँ – जाली नोटको कारोबारमा संलग्न दुई जना व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले रामेछाप खाँडा देवी गा.पा.वडा नं. ८ घर भई हाल का.जि. माकलबारी बस्ने ३४ बर्षिय छिरिङ लामा र दोलखा भिमेश्वर न.पा.वडा नं. ७ घर भई हाल का.जि. सतुङगल बस्ने २४ बर्षिय सुरेन्द्र कार्कीलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

उक्त कार्यालयका अनुसार काठमाण्डौको कालोपुल एरियामा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेकोभन्ने गोप्य सुचना यस कार्यालयमा प्राप्त भए पश्चात निगरानी गर्दै जाँदा कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले यही चैत एक गते अन्दाजी सात बजेको समयमा का.जि.का.म.न.पा. कालोपुलबाट दुई जना ब्यक्तिहरुलाई खोटा (नक्कली) जस्तो देखिने एक हजार अंकित दरको नेपाली नोट छ सय ३६ थान जम्मा छ लाख ३६ हजार र नोटको साईजमा काटेको कागजको बण्डल थान–९ सहित नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध सहिंता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धि कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको उक्त कार्यालयले जनाएको छ ।