बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रदेश प्रमुखहरुले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे

बुधबार, चैत्र १ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश प्रमुखहरु प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।

भेटमा केन्द्र र प्रदेश सरकारबीच सहयोगका विषयमा साथै समसामायिक विषयमा कुराकानी भएको जानकारी दिइएको छ ।साथै केन्द्रमा बदलिएको सत्ता समीकरण र त्यसले प्रदेश सरकारमा पार्ने असरका विषयमा समेत छलफल भएको स्रोतले बतायाे ।

नेपालको सातैवटा प्रदेशमा नेपाल सरकारको प्रतिनिधिको रूपमा प्रदेश प्रमुख रहन्छन्। नेपालको संविधानले प्रदेश प्रमुखलाई आफ्नो विवेकअनुसार काम गर्न सक्ने अधिकार दिएको छ। प्रदेश प्रमुखले प्रदेश सभा मा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्छन् भने मुख्यमन्त्रीकै अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन व्यवस्था छ ।

हाल कोशी प्रदेशको प्रमुखका पशृराम खापुङ, मधेस प्रदेश प्रमुखमा हरिवंश मिश्र, वागमती प्रदेशमा यादवचन्द्र शर्मा, गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ, लुम्बिनीमा अमिक शेरचन, कर्णाली प्रदेश प्रमुखमा तिकल परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी छन् ।