बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बन्दुक पड्किएर एक किशोरको मृत्यु

बुधबार, चैत्र १ २०७९

सल्यान । बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोली लागेर मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा गोली लागेर घाइते भएका चित्रबहादुर घाइते हुन पुगेका थिए । जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बन्दुक बोकेका आइतेलार्इ प्रहरी पक्राउ गरेको छ ।