काठमाडौं जेठ, ६–
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ९९ करोड ३६ लाख ४७ हजार सात सय ५० रुपैयाँ बराबरको हकप्रदको अनुमती पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट १० बराबर छ को अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ९९ लाख ३६ हजार चार सय ७७ दसमलव ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि अनुुमती दिएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रर्वन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी मिर्मिरे माईक्रो फाईनान्स डेभलपमेन्ट बैंकले पनि चार करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि अनुुमती पाएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुंजी मध्येबाट एक बराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहनेगरी चार लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुुमती पाएको हो । बैंकको सेयर बिक्री प्रर्वन्धकमा पनि एनआइबिएल एस क्यापिटल लिमिटेड नै रहेको छ ।