बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सप्तरीमा पोखरीमा डुबेर बालकको मृत्यु

मंगलबार, फाल्गुन ३० २०७९

सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा ज्यान गएको हो ।