मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्से राताम्मै, सबै सुचकहरु घटे

सोमबार, फाल्गुन २९ २०७९

काठमाडौं – नेप्से राताम्मै देखिएको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पनि २४ दशमलव ६८ अंकले घटेर १९ सय ५१ दशमलव २१ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ४६ अंकले घटेर तीन सय ६८ दशमलव ४९ अंकमा पुगेको छ । आज दुई सय ५६ वटा कम्पनीहरुको २६ हजार आठ सय ५० पटकको कारोबारमा ३३ लाख ६९ हजार एक सय ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १६ करोड २५ लाख तीन हजार पाँच सय १६ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक २० दशमलव ८४ अंकले घटेर १२ सय ७२ दशमलव ४८ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि १३ दशमलव ९२ अंकले घटेर १६ सय ५८ दशमलव ८५ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ३५ अंकले घटेर २५ सय ४० दशमलव ४८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ६५ दशमलव एक अंकले घटेर नौं हजार सात सय ५६ दशमलव ७८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा खप्तड लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा परेको एनआईसी एशिया बैंक लिमिटेड परेको छ ।