मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, फाल्गुन २९ २०७९

काठमाडौं – १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक थाङपाल गाउँपालिका–१ घर भएका २२ वर्षीय सुनिल गहतराजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।