बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्रपतिको शपथ ग्रहणमा सभामुख उपस्थित नहुने

सोमबार, फाल्गुन २९ २०७९

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे भने अनुपस्थित हुने भएका छन् ।

सभामुख घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा रहेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथग्रहण समारोहमा सहभागी नहुने भएका हुन् ।

सभामुख घिमिरेले आईपीयु सम्मेलनका जानु अघि फागुन २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने जानकारी पौडेललाई गराएका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएर सभामुख घिमिरे गत २६ फागुनमा बहराइन गएका हुन् । उनी सो जानकारी गराउनका लागि बोहोराटारस्थित पौडेल निवास पुगेका थिए ।