काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको प्रमुख सचेतकमा पदम गिरीलाई मनोनयन गरेको छ। एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्।
गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।
यसैगरी प्रतिनिधि सभाको सचेतकमा एमालेले महेश बर्तौलालाई मनोनयन गरेको छ। बर्तौला मकवानपुरमा विरोध खतिवडालाई पराजित गर्दै पहिलो पटक सांसद बनेका हुन्।
गिरी र बर्तौला दुवै जना विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदायका नेता हुन्।
नेकपा विभाजनपश्चात प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा एमालेबाट प्रमुख सचेतकमा विशाल भट्टराई र सचेतक शान्ता चौधरी थिए।