मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्से राताम्मै : एकै दिन २६ अंकले गिरावट

आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं – नेप्से घटेर राताम्मै देखिएको छ । आज आईतबार नेप्से २६ दशमलव ८० अंकले घटेर १९ सय ७५ दशमलव ८९ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव ६० अंकले घटेर तीन सय ७३ दशमलव ९० अंकमा पुगेको छ । आज दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सय १० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दशमलव शुन्य पाँच अंकले घटेर १२ सय ९३ दशमलव ३२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३८ दशमलव सात अंकले घटेर २५ सय ५६ दशमलव ८३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३९ दशमलव ३३ अंकले घटेर नौं हजार नौं सय २१ दशमलव ७९ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि एक सय १७ दशमलव ९५ अंकमा झरेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट लिमिटेड परेको छ ।