काठमाडौं जेठ, ६–
सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपैयाँको चलखेल गरेको रहस्य खुलेको छ । निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको छ ।
निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रूपियाँ अनियमितता गरेको देखिएको हो । निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रूपैयाँ र डबल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार रुपियाँमा खरिद गरेको देखिएको हो । डबल डोर रेफ्रिजेरेटर २५ वटा खरिद गरिएको छ ।
निर्देशनालय मातहतको केन्द्रीय जैविक उत्पादन प्रयोगशालाले २ वर्ष अगाडिदेखि मौजुदा रहेको भ्याक्सिन ढुवानी गर्ने सवारी साधन प्रयोगविहीन रहेको अवस्थामा थप सवारी साधन खरिद गरेको महालेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ । खरिद गरेको रेफ्रिजेरेटर २५ मध्ये ६ वितरण नगरेको बताइएको छ । प्रतिवेदनमा भनिएको छ– ‘मौज्दात रहेको सवारी साधन प्रयोगविहीन रहेको अवस्थामा उक्त साधन उपयोगमा नल्याई थप साधन खरिद गर्नु उचित देखिएन।’ तत्कालीन पशुपंक्षीविकास मन्त्रालय र मातहतनिकायको लागि थप७ अर्ब ५९ करोड ६० लाख ४५ हजार रूपैयाँ बजेट विनियोजन गरिएको थियो ।