५ जेठ, काठमाडौं–नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राज्य संयन्त्रमा पनि बलियो पकड कायम भएको छ ।
एकीककरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।