मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

तरकारी तथा फलफूलको आजको भाउ थाहा पाउनुस्

शुक्रबार, फाल्गुन २६ २०७९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, भारतीय सुन्तला १३० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवि ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

आज नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २६ रुपैया, सेतो आलु १८ रुपैयाँ रहेको छ भने स्थानीय काउली ४० रुपैयाँ, कागती २४० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ११० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला १५० रुपैयाँ, तोरीको साग २० रुपैया, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ४०  रुपैयाँ, पुदीना २२० रुपैयाँ, लोकल बन्दा १४ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, भिण्डी १२० रुपैया केजी र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

ताजा छडी माछा प्रतिकेजी ३०० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।