मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहिबार, फाल्गुन २५ २०७९

सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका–७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले मंगलबार दिउँसो ती बालिकालाई ललाई फकाई सोही ठाउँमा रहेको माध्यामिक विद्यालय धनौरीको छेउमा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।