बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेताहरु सबैसँग भेटेको छु, म आशावादी र सकारात्मक छु : राष्ट्रपति उम्मेदवार नेम्वाङ

बिहिबार, फाल्गुन २५ २०७९

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु आशावादी र सकारात्मक भएका जनाएको छन् ।

जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्वाचन  सकारात्मक रहेको जनाएका हुन् ।

‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेट्दा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै भने । उनले मत खसालेका छन् ।