काठमाडौं । राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल नयाँ बानेश्वरस्थित मतदानस्थल पुगेका छन्। उनी नेपाली कांग्रेससहित ८ दलबाट उम्मेदवार बनेका हुन् ।
पौडेल मतदान हुनुभन्दा १५ मिनेट अघि नै मतदान स्थल पुगेका छन् ।
पौडेलले मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन्। उनको यो कार्य आचारसंहीता विपरित हो । निर्वाचन आयोगले मौन अवधिमा मतदाता आकर्षित गर्न बन्देज लगाएपनि उनी यतिबेला भोट मागिरहेका छन् ।
पौडेलले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै ८ दल र सांसद तथा प्रदेश सभा सदस्यहरूले आफूलाई सहयोग गर्ने भएकोले निर्वाचित हुनेमा ढुक्क रहेको प्रतिक्रिया दिए ।
मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।
संघीय संसद अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सातवटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् ।
आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ बिच प्रतिस्पर्धा हुनेछ ।