बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

१४ अंकले बढ्यो नेप्से

मंगलबार, फाल्गुन २३ २०७९

काठमाडौं – नेप्से बढेको छ । आज मंगलबार नेप्से १४ दशमलव ४१ अंकले बढेर १९ सय ५२ दशमलव ६६ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव ५३ अंकले बढेर तीन सय ७० दशमलव २४ अंकमा पुगेको छ । आज दुई सय ६१ वटा कम्पनीहरुको २४ हजार तीन सय ७३ पटकको कारोबारमा ४० लाख ५९ हजार एक सय ४९ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम एक अर्ब २० करोड ४४ लाख नौं हजार चार सय ११ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आाज १३ वटा समुहहरुको कारोबार हुँदा दुई वटा समुहले गुमाएका छन् भने बाँकी समुहको कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ५७ अंकले बढेर १२ सय ९१ दशमलव ६५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ४१ दशमलव १५ अंकले बढेर दुई हजार पाँच सय चार दशमलव ८६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव २७ अंकले बढेर नौं हजार सात सय ४७ दशमलव २८ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि ८३ दशमलव ७४ अंकले बढेर आठ हजार सात सय सात दशमलव ६२ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि बढेका छन् । उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक भने आज घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा शुभम पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ ।