बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंकद्वारा नौ महिनाको मुुलुकको बित्तीय अवस्था सार्वजनिकः कुुल व्यापार घाटा बढेर आठ खर्ब १६ अर्ब ५५ करोड

बिहिबार, जेष्ठ ३ २०७५

काठमाडौ जेठ, ३–
नेपाल राष्ट्र बैकले बिहिबार चालुु आर्थिक बर्षको नौ महिनाको मुुलुुकको बित्तीय अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार नौ महिनामा कुुल व्यापार घाटा आठ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक बर्षको चैत मसान्तसम्म मुुलुुकको कुुल व्यापार घाटा बढेर आठ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ पुुगेको छ ।
पछिल्लो नौ महिनामा नेपालले जम्मा ५९ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । उक्त अवधिमा नेपालले आयात गरेको सामानको कुुल मुल्य भने आठ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ रहेको छ । आर्थिक बर्ष २०७४÷७५ को नौ महिनासम्ममा कुल वस्तु निर्यात आठ दशमलव दुुई प्रतिशतले वृद्धि भई ५९ अर्ब ७४ करोड पुगेको राष्ट्र बैकको भनाई छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ छ दशमलव नौ प्रतिशत, चीनतर्फ ५८ दशमलव नौ प्रतिशत र अन्य मुलुकतर्फ सात दसमलव एक प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा अलंैची, धागो, पोलिष्टर यार्न, अदुवा, तार, लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जि.आई पाईप, उनी गलैँचा, पस्मिना लगायतका वस्तुहरुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।
चालुु आवको पछिल्लो नौ महिनामा कुल वस्तु आयात २० दसमलव छ प्रतिशतले बढेर आठ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २१ दशमलव नौ प्रतिशत, चीनबाट भएको आयात २२ दशमलव आठ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५ दशमलव सात प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटईन क्वाईल, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ्क ईनगोट, लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा वीरगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएतापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २१ दसमदलव सात प्रतिशतले विस्तार भई आठ खर्ब १६ अर्ब ५५ करोड पुगेको छ ।