काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
बैठकमा राष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुने बताएकाइको छ ।
हिजो साँझ राष्ट्रपति पदका उमेदवार पौडेलसहित कांग्रेस, माओवादी केन्द्र, लोसपा, जसपाको टोली र राप्रपा अध्यक्ष लिङ्देन सहितको राप्रपाको टोलीबीच राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो । तर, राप्रपाले कसलाई समर्थन गर्ने भन्ने बारे निर्णय गरिसकेको छैन । यसर्थ पनि उक्त बैठक महत्वपूर्ण हुने छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।