बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्से रातै : सुचक तथा कारोबार रकम दुबै घटे

आइतबार, फाल्गुन २१ २०७९

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३० दशमलव ७७ अंकले घटेर १९ सय ३८ दशमलव २५ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव ८६ अंकले घटेर तीन सय ६८ दशमलव ७० अंकमा पुगेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ३० हजार नौं सय तीन पटकको कारोबारमा ३८ लाख ३२ हजार चार सय ५९ कित्ता सेयर खरिद किनबेच हुँदा आज कुल रकम एक अर्ब ३९ करोड २३ लाख ५४ हजार आठ सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । ति मध्ये बाँणिज्य बैक समुहको सुचक १२ दशमलव शुन्य आठ प्रतिशतले घटेर १२ सय ८५ दशमलव शुन्य आठ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि २९ दशमलव ६९ अंकले घटेर १६ सय २३ दशमलव ७८ अंकमा पुगेको छ । जलबिद्युत बिद्युत समुहको सुचक पनि ५३ दशमलव चार अंकले घटेर २४ सय ६३ दशमलव ७१ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि एक सय ७३ दशमलव ३४ अंकले घटेर नौं हजार सात सय तीन दशमलव एक अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सुपर मोदी हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सामलिङ पावर लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।