काठमाडौं । आज जनयुद्ध ,शहीद तथा बेपत्ताको योगदान नेतृत्व दायित्व विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ ।
कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता मोहन वैद्य नेत्र विक्रम चन्द, कर्णजित बुढाथोकी लगायतबाट सम्बोधन हुने बताइएको छ ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेसपा अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत नेताहरु कार्यक्रममा सहभागी हुने शहीद तथा बेपत्ता योद्धा सन्तती फाण्डेसनले जनाएको छ ।
कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा आज बिहान १२ बजेबाट शुरु हुनेछ ।