काठमाडौं । आज ८ दलीय गठबन्धनको बैठक बस्दैछ ।
पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न ८ दलको बैठक अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।
बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए ।
अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । दलहरुबीच भागवण्डा मिलाउन प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका नेताहरुसँग परामर्श गरिरहेका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।