काठमाडौं । सैनिक अदालतले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्न आदेश दिएको छ।
आर्थिक अनियमितामा मुछिएका शाहीलाई दोषी ठहर गर्दै अदालतले सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।
सैनिक अदालतले हिरासतमा राखिएका सेनाका उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्ने फैसला गरेको छ भने महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिमल्सिनाको एक अवधि बढुवा रोक्का गरिने भएको छ ।
झन्डै २ महिनाको अनुसन्धानपछि शाहीविरुद्ध सैनिक अदालतले फैसला सुनाएको हो। तिमसिना र शाहको बढुवा २ वर्ष रोक्का गर्ने आदेश भएको छ।
सैनिक अदालतको यो आदेशसँगै थुनामा रहेका शाही‚ शाह र तिमल्सिना थुनामुक्त भएका छन्। शाही २ महिनापछि थुनामुक्त भएका हुन्।
सेनाको जंगीअड्डाले उपरथी शाहीलाई अवकाशमा पठाउने निर्णय गरेको थियो।