काठमाडौं जेठ, २–
लगातार घटेको नेप्सेमा बुुधवार भने रौनक देखिएको छ । आज नेप्से चार दशमलव १६ अंकले बढेर १३ सय ३८ दशमलव एक अंकमा रहँदा सेन्सिटिभ एक दशमलव चार अंकले बढेर दुुई सय ८२ दशमलव सात अंकमा रहेको छ । आज कुुल एक सय ५८ कम्पनीहरुको दुुई हजार पाँच सय ९८ वटा कारोबारमा चार लाख २३ हजार तीन सय ७६ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कारोबार रकम २२ करोड २० लाख ५१ हजार सात सय ९७ रुपैयाँ पुुगेको छ ।
सबैगरी १० वटा समुहको करोबार भएकोमा दुुई वटा समुहले गुमाएका छन् भने आठ वटाले कमाएका छन् । कमाउने समुुहमा परेको वाणिज्य बैंक समुहको सुुचक एक दशमलव ४६ अंकले बढेर ११ सय ४५ दशमलव १० अंकमा पुुगेको छ भने सात करोड २९ लाख ५३ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । जलबिद्युुत समुहको सुुचक पनि १३ दशमलव १३ अंकले बढेर १६ सय ५० दशमलव ९५ अंकमा पुगेको छ भने एक करोड ५० लाख ७४ हजार आठ सय रुपैयाँको सेयर किनबेच भएको छ । आज बीमा समुहको सुचक पनि शुन्य दशमलव १९ अंंकले बढेर छ हजार नौं २९ दशमलव २३ अंकमा पुुगेको छ भने चार करोड आठ लाख २६ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज ट्रेडिङ, होटल, विकास बैक, अन्य र लघुबित्त समुहको सुुचक पनि बढेको छ । फाईनान्स र उत्पादनमुुलक समुहको सुचक भने घटेको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ मिर्मिरे माईक्रो फाईनान्स डे. बैंक २७६९ ९.९७
२ जनउत्थान सामुुदायिक लघुुबित्त ३००० ६.९५
३ हिमालयन डिष्ट्रिलरी प्राली १४२४ ६.२३
४ वोमी माईक्रो फाईनान्स १८६० ६.२३
५ नागवेली लघुबित्त बिकास बैंक २४३३ ५.५१
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार भएको मुल्य आजको घटेको मुल्य
१ वल्र्ड मर्चेन्ट फाईनान्स १११ ४.३१
२ मिथिला लघुबित्त बिकास बैंक १०३५ ३.९१
३ श्री इन्भेष्टमेन्ट फाईनान्स २२९ ३.८१
४ सिर्जना फाईनान्स (बित्तीय संस्था) २८२ ३.४२
५ हिमालयन पावर पार्टनर लि. ३२० ३.३२