बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेविसंघको विवाद छताछुल्ल

बुधबार, जेष्ठ २ २०७५

लहान जेठ, २–
 नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि चरम विवाद उत्पन्न भएको छ । संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो। मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढ्ेको नेवि संघका एक स्थानीय नेताले बताए ।

चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन् । नेवि संघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेवि संघ सिरहाको अधिवेशन हुनसकेको छैन् ।

यता नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्ला अध्यक्ष मनोनयनको विषयमा आफूलाई नेविसंघको कुनै केन्द्रीय पदाधिकारीले समन्वय नगरेको बताए । रासस