काठमाडौं जेठ, २–
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ । मंगलबार नेविसंघ अध्यक्ष नैनसिंह महर नेतृत्वमा विद्यार्थीहरु भारतीय राजदूतावास लैनचौर अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको संघका विद्यार्थीहरुले विरोध गरेका हुन् ।
लैनचौरको दूतावास नजिकै नेविसंघले कोणसभा आयोजना गरेको थियो ।
नेविसंघ नेताहरुले कोण सभालाई सम्बोधन गर्दै आजादले जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिबारे माफी माग्नुपर्ने माग गरे । उनीहरुले कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विदेशी हस्तक्षेपलाई निम्त्याएको आरोप लगाए ।