बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बेपत्ता मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त, चालक दलका दुबै सदस्यको मृत्यु

बुधबार, जेष्ठ २ २०७५

काठमाडौं जेठ, २–
वेपत्ता मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटनाग्रस्त भएको छ । अवस्थामा फेला परेको छ । बुधबार बिहान सुर्खेतबाट  हुम्लाको सिमिकोटका लागि  उडेको विमान दुर्घटना हुँदा  चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । नाइन एन एयूजे कलसाइनको सो विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले घटनास्थलमा अर्को हेलिकोप्टर पुगेको र दुबैजनाको मृत्युको खबर आएपनि थप विवरण आउन बाँकी रहेको जनाएको छ ।  
६ः५५ मा सिमिकोटमा पुग्नुपर्ने विमान बीच बाटोबाटै सम्पर्क विच्छेद भएको थियो ।
यसअघि सो विमान बाजुराको बगरमा फोर्स ल्याण्डिङ भएको सूचना त्रिभुवन विमानस्थलमा आएको थियो ।