बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

असोजभित्र बागमतीबाट २२ मेगावाट विद्युत्

बुधबार, जेष्ठ २ २०७५

२ जेठ, काठमाडौं–आगामी असोज महिनाभित्र बागमती नदीबाट २२ मेगावाट विद्युत् उत्पादन हुने भएको छ। क्षेत्र क्षेत्रको लगानीमा बागमती नदीमा जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम भइरहेको छ। २२ मेगावाट क्षमताको जलविद्युत् आयोजना मान्डु हाइड्रोपावर कम्पनीले बागमतीको पानीबाट व्यावसायिक बिजुली उत्पादन गर्न गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ।

नेपाली प्राविधिक र मजदुरबाटै आयोजनाको सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिलवर्कको कार्य भइरहेको छ। नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरेको हो।

अहिलेसम्म बागमती नदीबाट व्यावसायिक बिजुली निकाल्ने गरी काम गरिरहेको यो नै पहिलो कम्पनी हो। कम्पनीको लगानीमा बागमती साना जलविद्यत् आयोजनाले बाग्मती नदी, कुलेखानी र कोगटेको पानीलाई बाँध बनाएर बिजुली उत्पादन गर्न लागिएको हो।

२०७२ जेठबाट काम थालेको आयोजनाले २ हजार ४ सय २४ मिटर सुरुङमार्ग खनिसकेको छ। सुरुङ खन्ने काम गएको माघ महिनामा सम्पन्न गरेको थियो। ‘हामीले सुरुङ खन्ने काम सम्पन्न गरिसकेका छौं’, आयोजनाका इन्जिनियर रत्न बोमजनले भने– ‘अहिले फिनिसिङको कामहरू भइरहेको छ।’ (नेपाल समाचारपत्र दैनिक)