काठमाडौं जेठ, १–
नेप्सेको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । नेप्से चार दशमलव ३२ अंकले घटेर १३ सय ३३ दशमलव ८५ अंकमा झरेको छ । आज सेन्सिटिभ एक दशमलव १५ अंकले घटेर दुई सय ८१ दशमलव तीन अंकमा झरेको छ । एक सय ४३ कम्पनीहरुको उक हजार नौ सय ५९ वटा कारोबारमा तीन लाख १९ हजार दुुई सय ६० कित्ता सेयर किनबेच भएको छ भने कारोवार रकम १४ करोड ९२ लाख ३९ हजार नौ सय ५५ रुपैयाँ पुुगेको छ ।
आज १० वटा समुहको कारोबार हुुँदा आठ वटा समुहले गुुमाउँदा दुुई वटा समुहले कमाएका छन् । गुुमाउने समुहमा परेको वाणिज्य बैक समुहको सुचक चार दशमलव २८ अंकले घटेर ११ सय ४३ दशमलव ६४ अंकमा पुुगेको छ भने चार करोड ३६ लाख ४६ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक समुहको सुुचक पनि १० दशमलव ९६ अंकले घटेर १५ सय ३३ दशमलव २३ अंकमा पुुगेको छ भने एक करोड पाँच लाख ८८ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । यसैगरी बीमा समुहको सुचक १७ दशमलव ७६ अंकले घटेर छ हजार नौ सय २९ दशमलव चार अंकमा पुुगेको छ भने तीन करोड २६ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
जलबिद्युुत, होटल, फाईनान्स, अन्य र लघुबित्त समुहको कारोबार सुचक पनि आज उच्च अंकले घटेका छन् । ट्रेडिङ र अन्य समुहको कारोबार सुचकमा भने आज सामान्य अंकले सुधार देखिएको छ । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ हिमालयन डिष्ट्रिलरी प्रालि १३३७ ९.९५
२ उन्नती माईक्रो फाईनान्स ९८० ५.९५
३ आईएमई जनरल इन्स्योरेन्स ९९० ५.३२
४ बिशाल बजार कम्पनी १७४५ ३.८७
५ मेरो माईक्रो फाईनान्स ११८७ २.५०
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको घटेको मुल्य
१ जनउत्थान सामुुदायिक लघुबित्त संस्था २८०५ ४.९१
२ सिन्धुु बिकास बैंक १३५ ३.५७
३ रिडी हाईड्रो पावर कम्पनी १३१ २.९६
४ तिनाउ बिकास बैंक १९५ २.५
५ कैलाश बिकास बैंक २३८ २.४५