बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

महालक्ष्मी विकास बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

मंगलबार, जेष्ठ १ २०७५

काठमाडौं जेठ, १–
महालक्ष्मी विकास बैकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीस्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले बैंकासुरेन्सको सुरुवात गरेको छ ।
सम्झौतापत्रमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले एक समारोहबीच बैंकासुरेन्सको सम्झौतमाा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
महालक्ष्मीको चुक्तापुँजी दुुई अर्ब ६३ करोड रहको छ भने बैंकले चैत्र मसान्तसम्म रु.२५ अर्ब ११ करोड निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी बिकास बैंकमा कुुल ग्राहक संख्या तीन लाख ९० हजार भन्दा बढी रहेको छ ।