बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्थानीय तहमा अझैं सात हजार पाँच सय कर्मचारी पुगेनन्

मंगलबार, जेष्ठ १ २०७५

१ जेठ, काठमाडौं–पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको सोमबार एक वर्ष पूरा भएको छ।

यो अवधिमा दलका घोषणापत्रअनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो छ। तर जनप्रतिनिधिको आफ्नै गुनासा छन्।  कतै कर्मचारी अभाव त कतै कर्मचारीको हालीमुहालीको पुरानै धङधङीले गर्दा जनप्रतिनिधीले काम गर्न नपाएको गुनासो छ।

सरकराले ऐन बनाउन ढिलाई गर्नु र कर्मचारी पठाउने प्रक्रिया नै ढिला गर्नुले स्थानीय तहमा अझै साढे पसात हजार कर्मचारीको अभाव छ।

स्थानीय तहमा ३७ हजार ७९६ जना कर्मचारी आवश्यक पर्नेमा ७ हजार ४९४ कर्मचारी अपुग रहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।, यो खबर आजको राजधानीदैनिकमा छ ।