शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

दुई दिने राजकीय भ्रमण पुरा गरी फर्किए मोदी

शनिबार, बैशाख २९ २०७५

काठमाडौं वैशाख, २९–
नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश  फर्किएका छन् । शुक्रावार जनकपुरबाट भ्रमण पूरा गरी  मोदी शनिबार भारत फर्किएका हुन् ।
उनलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  विदाइ गरेका थिए । काठमाडौं महानगरपालिकाको अभिनन्दन लगत्तै मोदी फर्किएका हुन् ।

 मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरी शनिवार अपराह्न पौने पाँच बजे स्वदेश फर्किएका हुन् । 

शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए । 

काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए । 

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा गएर पूजापाठ समेत गरेका थिए । 

पहिलो दिन जानकी मन्दिरमा पूजापाठ गरेका उनले दोश्रो दिन मुक्तिनाथ र पशुपतिनाथको मन्दिरमा पूजाअर्चना गरेका थिए । शुक्रबार जनपुरमा नागरिक अभिनन्दन गरिएका उनलाई आजै उनलाई काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गरेको थियो ।