बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओली भन्छन्ः संविधान दिवससम्म द्विपक्षीय समस्या सम्बोधन हुन्छ

शनिबार, बैशाख २९ २०७५

२९ वैशाख, काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन् ।

समस्या समाधानका लागि छिट्टै दुवै देशका परराष्ट्रसचिवले कार्य प्रारम्भ गर्नेसमेत उनले बताए ।

‘सबै समस्या समाधान गर्ने सहमति भएको छ, जुन दिन संविधान दिवस पर्छ अर्थात राष्ट्रिय दिवस । दुवै देशका परराष्ट्रसचिवले यसमा काम गर्नेछन्,’ शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने । (नागरिक दैनिक)