जनकपुर वैशाख, २८–
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर–अयोध्या सिधा बस सेवाको शुभारम्भ गरेका छन्।
शुक्रबार दुई प्रधानमन्त्रीले जनकपुरबाट बस सेवाको शुभारम्भ गरेका हुन्। बस सेवा उद्घाटनगर्नुअघि दुबै प्रधानमन्त्रीले सम्बोधन गरे।
सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर आउने पहिलो भारतीय प्रधानमन्त्री हुन पाउँदा गौरावन्तित भएको बताए। उनले प्रधानमन्त्री ओलीलाई मेरे भाइसाब भनेर सम्बोधन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोदीको भ्रमण ऐतिहासिकताको सिलसिला भएको बताए।
उनले मोदीलाई नेपाल सरकार र नेपाली जनताकातर्फबाट स्वागत गरेका थिए।
‘प्रधानमन्त्री ओलीले यसअघि नेपाल र भारतबीच धेरै सम्झौता भए पनि कार्यान्वयनमा बिलम्ब भएको तर अब त्यस्तो बिलम्ब गर्ने समय नभएको बताए।